१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
एमाले विधान महाधिवेशन

कार्यकर्ताले अध्यक्षमा उठ्नुस् भन्नुभयो, मैले त्यस कुराको कदर गर्छु भनेँ : रावल

कार्तिक २३, २०७८

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् ।...

एमाले विधान महाधिवेशन : मास्क न सामाजिक दूरी

एमाले विधान महाधिवेसन तीन दिनदेखि गोदावरीमा जारी छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरुको जमघट छ । कोरोना महामारीकै बीच भएको महाधिवेशनमा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने नेताहरुले बताएका थिए । तर महाधिवेशन स्थलको अवस्था हेर्दा त्यहाँ मापदण्ड पालना भएको देखिँदैन । महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिहरु केन्द्रीय नेताहरुसँग फोटो खिच्न लालयित देखिए । कार्यक्रम स्थलमा बिहान केही प्रतिनिधिहरुले देउडासमेत खेले । सामाजिक दूरी त परै जाओस् मास्क पनि सही रुपमा लगाएको पाइएन । प्रमुख नेताहरु नै पनि बिना मास्क सामूहिक फोटो खिच्न व्यस्त रहे ।

पदाधिकारी थप्‍न प्रतिनिधिको सुझाव

एमालेको विधान महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारीको संख्या बढाई फरक विचार राख्ने पक्षसहित सबैलाई समेटेर एकताको सन्देश दिन सुझाव दिएका छन् । समूहगत छलफलमा उनीहरूले उपाध्यक्ष र सचिवको संख्या बढाउन तथा उपमहासचिव पद पनि कायमै राख्न जोड दिएका छन् । ‘धेरै प्रतिनिधिको चासो विधानमा रहेको व्यवस्था र त्यसमा पनि पदाधिकारीमा देखिन्छ,’ एक स्थायी कमिटी सदस्यले भने ।

एमाले विधान महाधिवेशन : बोहोराद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत

नेकपा (एमाले)को शुक्रबारबाट सुरु भएको पहिलो विधान महाधिवेशनको दोस्रो दिन शनिबार अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत भइरहेको छ । अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले विधान महाधिवेशनमा आयोगको प्रतवेदन प्रस्तुत गरिरहेका छन् ।

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले  प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।

एमाले जबजकै पथमा

एमालेले माओवादीसँगको एकतापछि थाती राखेको जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक कार्यक्रमका रूपमा अघि सारेको छ । त्यसैमार्फत समाजवादको आधार निर्माण गर्ने उसले जनाएको छ । एमाले र माओवादीबीच एकताका बेला जबजको विषयलाई महाधिवेशनबाट टुंग्याउने समझदारी भएको थियो । तत्कालीन नेकपाले जनताको जनवाद अवलम्बन गर्दै समाजवाद स्थापना गर्ने कार्यदिशा अघि सारेको थियो ।

एमाले विधान महाधिवेशन : ओलीलाई शक्तिशाली बनाउने मार्गचित्र

एमालेले जारी विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई अझ शक्तिशाली बनाउने भएको छ । आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमार्फत ओलीलाई पुनः अध्यक्ष बनाउने, उनकै नेतृत्वमा पार्टीको शक्ति विस्तार गर्ने र आगामी निर्वाचनमार्फत ओलीलाई नै सत्ताको नेतृत्वमा पठाउने विधान महाधिवेशनको मार्गचित्र छ ।

ओलीमय एमाले विधान महाधिवेशन

करिब तीन हजार राता कुर्सी र भव्य मञ्चमाथि ‘हँसिया हथौडा’ को मधुरो संकेत छ । हँसिया हथौडा भने ‘सूर्य’ को बीचमा छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र एमालेको विधान महाधिवेशनका लागि राष्ट्रिय झन्डा, पार्टीको झन्डा र चुनाव चिह्नले सजाइएको छ ।

गोदावरीमा ‘ग्रेटहल’ को झल्को

एमालेको महाधिवेशनस्थल गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिर्दा ठूलो भिडभाड छिचोल्नुपर्छ । प्रतिनिधिहरूको भीडभाडबाट भित्र पसेपछि दुइटा कुरा फरक देखिन्छन्, एउटा हलको भव्यता र अर्कोचाहिँ विधान महाधिवेशनका लागि तयार गरिएको स्टेजको पृष्ठभूमि  । स्टेजको पृष्ठभूमि बेइजिङस्थित ‘ग्रेट हल अफ  द पिपल’ भएको चिनियाँ कम्युनिष्ट पार्टीको (सीपीसी)को १९ औं राष्ट्रिय सम्मेलनको डेकोरेसनसँग मिल्दोजुल्दो छ । अनि हलको डिजाइन ‘ग्रेट हल अफ  द पिपल’ जस्तो लाग्छ । 

ओलीको राजनीतिक प्रतिवेदन पेस हुँदा निदाए नेता–कार्यकर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएको विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । कतिपय नेता कार्यकर्ताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई चासो दिएर सुुनिरहेका छन् । तर कतिपय प्रतिनिधिलाई ओलीको प्रतिवेदनमा वास्ता छैन । कतिपय प्रतिनिधि भने हलमै निदाइरहेका छन् । रुघाखोकीका कारण समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका छन् ।

एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली 

एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् ।

विधान महाधिवेशनका लागि ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन

नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । 

एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज

शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् । 

एमाले विधान महाधिवेशनको चहलपहल : फोटो खिच्‍न व्यस्त नेता, कार्यकर्ता

नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । शीर्ष नेताहरु भने बाटोमै छन् ।

एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

शुक्रबारदेखि सुरु हुने एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

एमाले विधान महाधिवेशन : प्रतिनिधि गोदावरी पुगे, हल प्रवेश गर्ने क्रम सुरु

नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । शीर्ष नेताहरु भने बाटोमै छन् ।

‘लोकतान्त्रिक कम्युनिष्ट हौं, जबज नभन्दा संशय हुन्छ’

एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । झण्डै ६ हजार बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी एमालेको संगठन संरचना र वैचारिक राजनीतिक कार्यदिशा तय गर्नेछ । तर यो महाधिवेशनमा विगतमा जस्तो धेरै सैद्धान्तिक विषयहरू चर्चा आएका छैनन् । के एमालेमा सैद्धान्तिक वैचारिक धारको बहस कमजोर हुन थालेको हो ? विधान महाधिवेशनले एमालेलाई कुन दिशामा अग्रसर गराउँछ ?

सभा सम्मेलन रोक लगाउने प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरित : एमाले

एमालेले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको छ ।

एमालेको विधान महाधिवेशनको तयारी पूरा [विज्ञप्ति]

नेकपा (एमाले)को शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीवार विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।