कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् । 

एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज

यसअघि पनि एमालेमा ५ जना उपाध्यक्ष नै रहेका थिए । विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेका एक उपाध्यक्ष पद रिक्त रहेको थियो । सुरुमा अध्यक्ष केपी शर्मा ओलीले ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।

त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव रहेका छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ ।

त्यस्तै १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रकाशित : आश्विन १५, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?