कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सभा सम्मेलन रोक लगाउने प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरित : एमाले

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको छ ।

सभा सम्मेलन रोक लगाउने प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरित : एमाले

शुक्रबार ललितपुरको गोदावारीमा हुन लागेको एमाले विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरिएको एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए ।

उनले भने, 'विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा प्रेरित छ ।'

स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए ।

यो पनि पढ्नुहोस् :

आफैं भीडभाड नगर्न आदेश जारी गरेर सभा-सम्मेलनमा सुरक्षा दिन्छ प्रशासन

प्रकाशित : आश्विन १४, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?