एमाले विधान महाधिवेशन : बोहोराद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत


काठमाडौँ — नेकपा (एमाले)को शुक्रबारबाट सुरु भएको पहिलो विधान महाधिवेशनको दोस्रो दिन शनिबार अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत भइरहेको छ । अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले विधान महाधिवेशनमा आयोगको प्रतवेदन प्रस्तुत गरिरहेका छन् ।


विधान महाधिवेशनको दोस्रो दिन महाधिवेशन प्रतिनिधिहरू समूहगत छलफलमा रहेको बेला अनुशासन आयोगको प्रतिवेदन पनि प्रस्तुत गर्ने काम भइरहेको हो ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहका बैठकमा छलफल भइरहेको हो ।
समूहगत छलफल शनिबार बिहान ८ बजेदेखि सुरु भएको हो ।
एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेका छन् ।
प्रकाशित : आश्विन १६, २०७८ १५:०४