विधान महाधिवेशनका लागि ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन


काठमाडौँ — नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।


त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि प्रतिनिधिले पेस गर्ने सुझाव संकलनका लागि प्रतिवेदन सुझाव संकलन समिति, विधान महाधिवेशनका सूचना प्रचार प्रसारका लागि प्रचार व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
महाधिवेशनमा प्रस्तुत हुने बहस नोट गर्नका लागि पनि समिति बनाइएको छ ।
प्रकाशित : आश्विन १५, २०७८ १३:४०