२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् ।

एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली 

'नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो,' ओलीले भने, 'यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।'

एमाले र माओवादी बीचको २०७३ जेठ ३ गतेको एकीकरण पछि बनेको नेकपा 'सीमित व्यक्तिका कारण एकता पूर्णता पाएन र अदालतको फागुन २३ गतेको दुवै पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउनाले' अहिले एमालेमा नै क्रियाशील हुनुपरेको ओलीको भनाइ थियो ।

यस्तो अवस्थाले एमाले क्रियाशील रहेको भएपनि नेकपाको विरासत आफ्नो पार्टीसँग भएको ओलीको भनाइ थियो ।

प्रकाशित : आश्विन १५, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?