२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने

भाद्र ८, २०७८

लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै...

किनारा लाग्दै एमाले

पार्टीभित्रको आन्तिरक कलह र नेकपामा आएको विभाजनले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाबाट शक्तिशाली बनेको एमालेले केन्द्रदेखि प्रदेशसम्मका सत्ता क्रमश: गुमाइरहेको छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । 

एमाले संसदीय दलमै छु : सांसद विमला वली

लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री (वली)ले आफू एमाले संसदीय दलमै रहेको बताएकी छन् । नेकपा पार्टी छदा सूर्य चिन्हबाट चुनाव जितेकी उनले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेको बताएकी थिइन् ।

बजेट पारित नहुने भएपछि मुख्यमन्त्रीबाटै प्रदेशसभा बहिष्कार

बजेट पारित नहुने स्पष्ट भएपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गरेको छ । नीति तथा कार्यक्रम र बजेटमाथिको मतलाई सरकारमाथिको विश्वासका रूपमा समेत हेरिन्छ ।आर्थिक वर्षको अन्तिम दिनसम्म बजेट पारित गराउन नसकेकाले लुम्बिनी सरकारको राजनीतिक वैधतामाथि प्रश्न उठेको छ ।

लुम्बिनी प्रदेश सभाको बैठक सत्तापक्षबाटै बहिष्कार

लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बजेटमाथिको छलफल सकिएर मन्त्री र मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सभामुख पूर्णबहादुर घर्तीले सहमतिका लागि आधा घण्टाको समय दिएका हुन् ।

आफ्नो राजीनामाबारे शर्माद्वारा संसद्मा जानकारी

लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशसभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छन् ।

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीद्वारा राजीनामा, पुन: अल्पमतमा मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीकोतर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् ।

जसपाका चार मन्त्रीको सांसद पद सर्वोच्चले अन्तिम फैसला नगरेसम्म कायम रहने

मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पद तत्कालका लागि जोगिएको छ । 

एमालेकै लेटरप्याडमा प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई नियुक्ति दिएको खुलासा

सामान्य सूचनादेखि प्रेस विज्ञप्तिसम्म प्रदेश प्रमुखको लेटरप्याडमै निकाल्ने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीलाई भने संसदीय दलकै लेटरप्याडमा नियुक्ति दिएका छन् । 

सिद्धबाबामा हुने दुर्घटना रोक्न वैकल्पिक सडक

लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबा क्षेत्रमा हुने दुर्घटना रोक्नका लागि वैकल्पिक सडक निर्माण गर्नका लागि १० करोड विनियोजन गरेको छ । 

लुम्बिनी प्रदेशले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।

बलियो बन्दै गठबन्धन

डेढ वर्षको कार्यकाल बाँकी छँदै गण्डकी प्रदेशमा वामपन्थी नेतृत्वको सरकार बिदा भएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनमा दुई तिहाइ समर्थनका साथ २०७४ फागुन १ गते मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङ पार्टी टुटफुट र ध्रुवीकरणतर्फ अघि बढिरहेको राजनीतिक द्वन्द्वले सत्ताबाहिर पुगेका हुन् ।

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

लुम्बिनी प्रदेशको बजेट अधिवेशन : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा बिहीबार छलफल भएको छ । 

लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमै आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।