सिद्धबाबामा हुने दुर्घटना रोक्न वैकल्पिक सडक- लुम्बिनी - कान्तिपुर समाचार

सिद्धबाबामा हुने दुर्घटना रोक्न वैकल्पिक सडक

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबा क्षेत्रमा हुने दुर्घटना रोक्नका लागि वैकल्पिक सडक निर्माण गर्नका लागि १० करोड विनियोजन गरेको छ । 

मंगलबार प्रदेशसभामा आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले बजेट प्रस्तुत गर्दै बुटवलको धागो कारखानादेखि पाल्पाको झुम्सा जोड्ने सडक निर्माण सुरु गर्ने र प्रदेशको योजना अन्तरगत सडकबीचमा आवश्यक पर्ने ३ पुल निर्माण गरी सडक सञ्चालन गर्न बजेट विनियोजन भएको बताएका हुन् ।

प्रकाशित : असार १, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कार आरोपमा एक पक्राउ

भवानी भट्ट

कञ्चनपुर — बालिका बलात्कारको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गुरुङले सोही ठाउँकी ११ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको भन्दै आफन्तले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पछिल्लो पटक जेठ २३ मा बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सोही जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरबहादुर थापाले बताए ।


प्रकाशित : असार १, २०७८ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×