नापी कार्यालयका अमिन रायमाझी घुससहित पक्राउ

बुटवल — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका १२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिादैगर्दा मंगलबार उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीहरूबाट घुस लिने गरेको भन्ने निवेदन र सूचनाका आधारमा अख्तियारले छापा मारेको बताए ।
अभियुक्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित : जेष्ठ १७, २०७९ १३:११