अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याएका छन् ।
नागरिकले हरेक कुरामा कर तिरेका छन् । कतिले विदेशी भूमिमा पसिना बगाएर रेमिट्यान्स पठाएका छन् । कतिले देशमै दुःख गरेका छन् । यसरी बुझाएको करको दुरुपयोग गरी नेता मौलाउने परिपाटीप्रति जेन–जी पुस्ताको अर्को असन्तुष्टि हो । कर नेताको पेवा होइन, नागरिकको सम्पत्ति हो ।
बहुविवाह संशोधनको मस्यौदा संविधानको मर्मविपरीत छ । किनभने, बहुविवाह लैंगिक समानता र मानवअधिकार विपरीत छ । बहुविवाहले महिलाको स्वाभिमान, आत्मसम्मान र समतामा चोट पुग्छ । महिला–पुरुषबीच असमानता र विभाजन बढाउनेछ ।
महिला प्राकृतिक प्रकोपमा पर्ने र धेरै क्षति बेहोर्ने मुख्य कारण शारीरिक र जैविक हो । अर्को कारण प्रमुख दायित्व पारिवारिक संरक्षण र रेखदेख हुनु हो ।
सामुदायिक वनको कार्यसमिति र नेतृत्वमा पुरुषभन्दा महिला धेरै छन् , तर निर्णय पुरुषको चल्छ, पुरुषहरू बसेर निर्णय गर्छन्, त्यसमा महिलाहरूले हस्ताक्षर मात्र गर्छन्
किशोरहरू यौन हिंस्रक बन्दा उनीहरूलाई सही मार्गमा ल्याउने हो, विवाह गरिदिने होइन । किशोर–युवाहरूलाई हिंस्रक हुनबाट बचाउन बृहत् यौनिक शिक्षा दिऔं ।
सजायका नाममा दिनभर कक्षाकोठा बाहिर उभिन लगाउने, कुखुरा बनाउने, उठबस गराउने, बेन्चमा उभ्याउनेलगायतका गतिविधि गराएको पाइन्छ । कसैले अपमानजन्य शब्दबाट गाली गर्ने, तनाव दिने, होच्याउने, जिस्काउने गरेर पनि मानसिक दण्ड दिएको पाइन्छ । यी सबै क्रियाकलापलाई कानुनले वर्जित गरेको छ ।