लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । गैडहवा-७ गुलरियामा चोक नन्दनगरमा रहेको राजकुमार चौधरीको आशीष पेट्रोल पम्पमा आगलागी भएको हो ।
नेकपा (माओवादी केन्द्र) बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई सदस्यको निलम्बन गर्ने प्रक्रिया सुरु भएको छ । संसदीय दल लुम्बिनीले प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी दलमा नरहेको जानकारीसहितको पत्र प्रदेश सभामा दर्ता गरेको हो । यसलगत्तै उनीहरु प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको छ ।
नेपाली बृहत् शब्दकोशमा स्त्री र पुरुषका बीचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्यलाई विवाह भनिएको छ । हाम्रो कानुनमा परम्परागत, अदालती र गन्धर्व वा प्रेम विवाहको व्यवस्था छ; पुरुष र महिलाले उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति–पत्नीका रूपमा स्विकारेमा विवाह भएको मानिने उल्लेख छ ।
प्रदेशमा आवश्यक नयाँ कर्मचारी भर्ना र भएका कर्मचारीको वृत्तिविकास आफैंले गर्न भन्दै गत वर्ष लुम्बिनी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्यो । तर पदाधिकारी नियुक्तिदेखि कर्मचारी भर्ना प्रक्रियासम्म विवाद निम्तिँदा आयोगले अहिलेसम्म प्रभावकारी काम गर्न सकेको छैन ।