अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याएका छन् ।
बुटवल — प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो पार्दै गएको छ ।
अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याएका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३ हजार १३३ मत पाएका छन् भने नेपाली कांग्रेसका चुन्नु पौडेलको १ हजार ७७९ मत छ ।
नेकपाका विश्वदिप पाण्डेले ४०५ मत ल्याएका छन् । यो क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो ।