कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिभिल अस्पतालमा शय्या थपिने

काठमाडौँ — सिभिल अस्पतालले शय्या थप्ने तयारी गरेको छ । हाल अस्पतालमा १३२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अबको ४ वर्षभित्रमा ४०० बेडसम्म पुर्‍याउने लक्ष्य रहेको बताए । उनले भवनको क्षमता बढाउनका लागि दुई चरणको गुरुयोजना बनिसकेको जानकारी गराए ।

सिभिल अस्पतालमा शय्या थपिने

अस्पतालले मंगलबार गरेको पत्रकार सम्मलेनमा निर्देशक पौडेलले अस्पतालको प्रगति विवरण सुनाएका थिए । उनले छिट्टै नै अस्पतालमा मोडुलर आइसीयू सञ्चालनमा ल्याइने जनाए । हाल ठूला निजी अस्पतालमा मात्र सञ्चालनमा आएको यस्ता आइसीयूमा नेगेटिभ प्रेसर रुम हुने गरेका छन् जसले संक्रमण फैलिनबाट जोगाउँछ ।

साथै ७ वटा प्रदेशमा सिभिल अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्ने बताएको छ ।

‘हामीले पाँच वटा प्रदेशमा विभिन्न अस्पतालसँग सेवा दिनको लागि छलफल गरिसकेका छौं । सबै प्रदेशमा कुनै निश्चित अस्पतालमा यहाँ दिइरहेको सेवा बिरामीले पाउनेछन् र काठमाडौं धाइरहनु पर्दैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?