कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीस वर्षपछि फ्लोरिडा र टेक्सासमा देखियो मलेरिया 

काठमाडौँ — अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षपछि मलेरियाको केश देखिएको छ । सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २ दशकपछि देखिएको मलेरियाको केस स्थानीय हो । पछिल्लो पटक मलेरियाका केस सन् २००३ मा देखा परेका थिए ।

सिडिसीकाअनुसार संक्रमितले उपचार पाएको र स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । ‘केही केस देखिए पनि स्थानीय मलेरिया देखिने सम्भावना एकदम छ’ सीडिसी भन्छ ।

अमेरिकाले दशकौं अघि मलेरिया उन्मूलन गरेको थियो । सीडीसीले नयाँ केसहरू अनुसन्धान गर्ने र थप सम्भावित केसहरूको लागि सक्रियरूपमा निगरानी गरिरहेको र स्थानीय लामखुट्टेको जनसंख्या नियन्त्रण गर्ने काम भइरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वव्यापी रूपमा २०२१ मा मलेरियाका करिब २५ करोड केसहरु देखिएका छन् जसमा अफ्रिकामा सबैभन्दा धेरै केसहरु देखिएका छन् ।

दुई महिनाको अवधिमा फ्लोरिडामा चार र टेक्सासमा एक जनामा मलेरिया पुष्टि भएको छ । फ्लोरिडामा मे २६ गते र टेक्सासमा जुन २३ गते मलेरिया पत्ता लागेको थियो । सीडीसीले सोमबार विज्ञप्ति जारी गर्दै मलेरियालाई मेडिकल इमरजेन्सी भन्दै लक्षण भएका जो कोहीलाई तत्काल पहिचान गर्नुपर्ने बताएको छ ।

फ्लोरिडाले लामखुट्टेबाट हुने रोगबाट बच्ने पोखरी पानी निकास गर्न, झ्यालको सिसामा प्वालहरू नभएको सुनिश्चित गर्न र लामखुट्टे भगाउर्ने कीटनाशकहरू प्रयोग गर्न सिफारिस गरेको छ। साथै लामो बाहुलाको शर्ट र प्यान्ट लगाउन आग्रह गरेको छ ।

मलेरिया लामखुट्टेको टोकाइबाट हुने रोग हो । मलेरिया सार्ने लामखुट्टेले साँझ र राती बढी टोक्ने गर्दछ। संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ्य मान्छेलाई टोक्दा औलो रोग लाग्दछ ।यसका लक्षणहरु भनेको कामज्वरो आउनु हो । ज्वरो आउँदा प्रायः जाडो हुने, काँप छुट्ने र पसिना आउने हुन्छ । ज्वरो दिन बिराइ वा नियमित आउँछ । टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने साथै फियो बढ्ने हुने सक्छ । त्यसैगरी रक्तअल्पता हुने र मान्छे बेहोस पनि हुन सक्छ। बिरामीले समयमा उपचार नपाए मृत्यु पनि हुन सक्छ ।

प्रकाशित : असार १३, २०८० २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?