कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पाल्पाको प्रभासमा महिनावारी मेला 

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा महिनावारी मेला लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले नौलो प्रकृतिको मेला राखेको हो । महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले मेला राखेको आयोजक क्लबका अध्यक्ष केशव खनालले बताए । 

पाल्पाको प्रभासमा महिनावारी मेला 

महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा गर्दैनन् । प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम समेत छन् । रजस्वलासम्बन्धीकै गलत धारणा र अन्धविश्वास चिर्नका लागि मेला आयोजना गरेको उनले बताए ।

मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिइएको थियो । मेलामा पुन: प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत गरिएको आयोजक रजस्वलाका संयोजक सुदेसा रिमालले जानकारी दिइन् । प्याडको प्रयोग र फाइदाको ज्ञान दिइएको थियो ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले महिनावारी मेला ग्रामीण भेगमा पुगेर सचेत गराउनुपर्ने देखिएको बताए । उनले गाउँगाउँमा यस्तो कार्यक्रमको महत्त्व हुने बताए । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष तथा डाइरेक्टर गोपालबहादुर पोखरेलले नयाँ खालको मेलाले देशभर रहेको महिनावारीसम्बन्धी कुप्रचलन हटाउन सक्ने क्षमता रहेको बताए ।

स्थानीय तहले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रति भएका भ्रमहरु चिर्न सकिने उनले बताए । महिनावारी मेलामा विद्यार्थी, युवा–युवती र आमा समूहबाट गरी ४ सय बढीको सहभागिता रहेको आयोजक ऋषभबाबु श्रेष्ठले बताए । सहभागीलाई महिनावारीका बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको थियो । मेलामा राखिएका स्टलमा त्यससग सम्बन्धित विषयमा जानकारी दिइएको आयोजक पवन भुसालले बताए ।

थप जानकारीमूलक बनाउने रोमाञ्चक खेलहरू पनि खेलाइएको थियो । समिश्रणमा महिनावारी, गर्भावस्था र यसैसग जोडिएका विकृति र पुरातनवादी सोचका विरुद्धमा जनचेतना फैलाउने प्रयास गरिएको उनले बताए । प्रोजेक्ट रजस्वलाकै पहिलो चरणमा भएका प्रतियोगिताका विजेताहरू पनि घोषणा गरिएको आयोजक भूमिका आचार्यले बताइन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?