भेरीमा महिलाको शव भेटियो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाको सीमा राकमस्थित भेरी नदीमा महिलाको शव भेटिएको छ । प्रहरीले मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी गीता बिकको खोजतलास गर्ने क्रममा महिलाको शव भेटिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
भेरी नदीमा भेटिएको शव बन्गाड कुपिण्डे नगरपालिका ३ पोखरा निवासी वर्ष ४० की पावर्ती कामीको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार उनी केही दिनदेखि हराइरहेकी थिइन् ।
राकम बीचमा रहेको पुरानो फेरीको लहरामा अल्झेको अवस्थामा प्रहरीले शव फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जनाए । उनका अनुसार मानसिक रोगी रहेकी बिक कहिले कहाँबाट कराएकी थिइन् भन्ने खुलेको छैन ।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हराएकी बालिका गीता बिकको शव भने अहिलेसम्म नभेटिएको उनको भनाइ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)