कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा एमाले-सरकार सहमतिपछि संसद्‍को अवरोध हट्यो

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभामा आगामी वर्षको बजेटमाथि छलफलको क्रममा नेकपा एमालेले विरोध जनाउँदै अवरोध गरेपछि सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहमति गरेको छ । एमालेसँग सरकारले ७ बुँदे सहमति गरेपछि बजेटमाथि छलफल नियमित रुपमा अगाडि बढ्ने भएको छ ।

कर्णालीमा एमाले-सरकार सहमतिपछि संसद्‍को अवरोध हट्यो

जसअन्तर्गत १५ लाख माथिका योजनाहरुमा रकम विनियोजन गर्दा सांसद र स्थानीय तहले माग गरेका योजनालाई प्राथमिकता प्रदान गर्ने, १५ लाखभन्दा कम रकमका योजनाहरुमा विनियोजन भएको रकमका हकमा एमालेसँग समन्वय गर्ने सहमति भएको छ ।

यस्तै सशर्तको नाममा संघीय सरकारबाट स–साना योजनाहरुमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डका आधारमा मात्र सशर्त योजनाहरुमा रकम विनियोजन गर्न संघ सरकारलाई अनुरोध गर्ने सहमतिमा उलेलेख छ ।

कार्य सम्पन्न भएका र दोहोरो रकम विनियोजन भएका योजनामा विनियोजित रकम अध्ययनपछि मात्रै कार्यान्वयन गर्ने, सडक र भवन निर्माणका योजनाहरुको हकमा ३० लाखभन्दा कम रकम विनियोजित भएको भए उक्त आयोजना कार्यान्वयन नगर्ने, प्रदेश सरकारबाट उल्लेखित सहमतिका आधारमा बजेट कार्यान्वयनका लागि जिल्लालाई अख्तियारी पठाउने पनि सहमति भएको छ । सरकार र एमालेबीच सहमति भएपछि अवरुद्ध संसद्‍ पुन: सञ्चालन हुने भएको छ ।

प्रकाशित : असार १७, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?