कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते 

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते भएका छन् । वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको हो ।

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते 

दुर्घटनामा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारी रहेका छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। गाडी तीव्रगतिका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : असार १४, २०८० २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?