कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

'अभद्र व्यवहार'को घटनामा अभिनेत्री मिरुना र फुर्पाबीच मिलापत्र

काठमाडौँ — दर्शकसँग साक्षात्कार गर्न आइतबार सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको 'अभद्र व्यवहार'सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकारेपछि अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको बताएकी छन् । मंगलबार अभद्र व्यवहारमा प्रहरी नियन्त्रणमा रहेका फुर्पाको रिहाइको माग गर्दै समर्थकहरुले केएल टावर र चलचित्र विकास बोर्डमा प्रदर्शन गरेपछि दुई पक्षबीच सहमति भएको हो ।

'अभद्र व्यवहार'को घटनामा अभिनेत्री मिरुना र फुर्पाबीच मिलापत्र

दुवै पक्षले मंगलबार साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रसमेत सार्वजनिक गरेका छन् । प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनित 'कबड्डी ४'को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शन गरेपछि मंगलबार नै फुर्पालाई प्रहरीले थुनामुक्त गरेका थिए । प्रदर्शनपछि केएल टावरमा अवस्थित हलको शो रद्द भएको थियो । अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी छन् ।

'आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्,' मिरुना मगर र फुर्वा तामाङबीच भएको क्षमायाचना गरिएको पत्रमा लेखिएको छ, 'हामी दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनवाश्यक टीकाटिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा सम्प्रदायक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय, तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजीखुसी यस पत्रमा हस्ताक्षर गरी लियौं दियौं ।'

पत्रमा मिरुनाका तर्फबाट निर्देशक रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, निर्माता मणिराम पोखरेल, कलाकार विजय बराल, संजोग लाफा मगर, अभिनेत्री पशुपति राई, संगीतकार कालीप्रसाद बास्कोटाले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् । त्यस्तै फुर्पाका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुण्डुप लामाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?