कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा जबरजस्ती करणी आरोपमा एक पक्राउ 

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–३, रिङनेरहबाट ३१ वर्षीय श्यामबहादुर दर्जीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पूर्वखोलाको द्वारेगौडा बस्ने दर्जीलाई २५ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरिएको हो । पूर्वखोला गाउँपालिका बस्ने ती महिलालाई शुक्रबार घरमा कोही नभएको अवस्थामा करणी गरेको आरोप दर्जीमाथि लागेको छ । 

इलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अधिकृतहरुको टोलीले श्यामबहादुरलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

यसैबीच, जेठ ११ गतेदेखि सम्पर्कविहीन भएकी युवती चार दिनपछि कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएकी छन् । रम्भा गाउँपालिका–१, अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा मृत भेटिएकी हुन् ।

घरबाट एक्लै कसैलाई नसोधी हिँडेको र खोजतलास गर्ने क्रममा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।


प्रकाशित : जेष्ठ १५, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?