अर्घाखाँचीमा बालिका बलात्कारको आरोपमा ३५ वर्षीय युवा पक्राउ

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतले ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार बालिकालाई फकाएर पसलमा मिठाइ किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेको बुझिएको छ । प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?