२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

देशकै अन्न भण्डार

वैशाख ७, २०७९

धनुषा, बटेश्वरका ४८ वर्षीय किसान रामप्रकाश महतोले तरकारी रोपेको खेतसम्मै सडक पुगेको छ । सडक छेउमा बिजुलीका पोल छन् । पोलनिरै ठूल्ठूला पक्की इनार खनिएको छ । महतो खेतसम्मै मोटरसाइकल हाँकेर पुग्...

सीमाञ्चल मत्र्योस्का

मत्र्योस्का रुसको एक लोकप्रिय खेलौना हो, जसमा क्रमशः ठूलोबाट सानो हुँदै गरेका एउटै देखिने काठका कैयौं खेलौना आपसमा गाँसिएका हुन्छन् । सीमाञ्चल सम्बन्धका कैयौं आयाम छन्, मत्र्योस्का जस्तै । एउटा आयामभित्र समेत अनेकौं आयाम आबद्ध छन् । प्रत्येक आयामका आफ्नै सीमा र सामर्थ्य छन् । सुन्दरता र रिक्तता छ ।

आँपको राजधानी

जसरी फलफूलको राजा भनेर आँपलाई चिनिन्छ, त्यसरी नै आँपको राजधानी मधेस प्रदेशलाई भन्दा अत्युक्ति हुँदैन । सबैभन्दा बढी आँप हुने भनेकै मधेस प्रदेश हो, जहाँ कुल उत्पादनको ७६ प्रतिशत आँप फल्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकभर ४२ हजार १ सय ९६ हेक्टरमा आँप खेती हुन्छ, जसबाट वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन उत्पादन हुन्छ ।

असली पेडा र पान

पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईंको ध्यान सप्तरीको बरमझियामा लहरै खुलेका पेडा पसलमा पर्छ । यहाँका ठुल्ठूला होर्डिङ बोर्डले जोकसैको ध्यान तानिहाल्छन् । यो राजमार्ग भएर ओहोरदोहोर गर्नेहरूले यात्राको सुरुवातमै पेडा खाने योजना बनाएका हुन्छन् पनि । 

गुरुकुलदेखि विश्वविद्यालयसम्म 

आधुनिक जनकपुरको प्रथम औपचारिक महाविद्यालय तथा यसका संस्थापक हुन्– अवधविहारी शरण (मौनीबाबा) । उनको योगदानबारे सहप्राध्यापक नूरापति पोखरेल लेख्छन्– ‘विद्यागार : प्रथितयशसा मौनिना सिद्धवाचा । प्रज्ञादिप्त्या लसति तिमिरं नाशयन् ज्ञानकूपे ।’ 

स्वादिलो सेकुवा

सोनालाल साह र पिन्टु साह दाजुभाइ हुन् । कलैयाको भरत चोकमा उनीहरूको सोनु सेकुवा पसल छ । उनीहरू बिहान ७ देखि राति ९ बजेसम्म पसलमै हुन्छन् । यसबीचमा उनीहरूलाई खसीको मासु काट्ने, फ्रिजिङ गर्ने, मसला मिसाउने, झिरमा गुथ्ने र आगोमा पोलेर ग्राहकलाई दिने काममै व्यस्त हुन्छन् । २० वर्षदेखि यसरी नै पसल चलाइरहेका सोनालाल भन्छन्, ‘सेकुवा बेचेरै गाँस, बास र कपास जुटाएका छौं, सवारीसाधन पनि चढेका छौं ।’

जाग्दै जनकपुर 

सन् १९७७ मा एमए पढ्दाताका मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा र राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ भारतको मद्रास (चेन्नई) स्थित एक विश्वविद्यालयको अन्तर्क्रियामा सहभागी भए । अन्तर्क्रियामा भारतका थुप्रै ठाउँबाट विद्यार्थी र प्राध्यापक आएका थिए । 

भर्जिन निकुञ्ज 

मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो– पर्सा राष्ट्रिय निकुञ्ज । पर्यटक आगमनका दृष्टिले यो अझै ‘भर्जिन’ नै छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहे पनि छिमेकी चितवन राष्ट्रिय निकुञ्जको तुलनामा यहाँ पर्यटकको आगमन अत्यन्त न्यून छ । 

उद्यममा महिला, अर्थतन्त्रमा उथलपुथल

परिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक विकास सम्भव छैन । खासगरी अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ । अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ, जुन सकारात्मक छ । 

त्यो रेल, यो रेल

लामो प्रतीक्षापछि भए पनि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएकामा नेपाली दंग देखिन्छन् । रेल चढेका भिडियो र फोटो सामाजिक सञ्जालमा छाइरहेका छन् । आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । 

आरक्षण कानुनमा अगाडि

मधेस प्रदेशले प्रहरी र निजामती सेवामा आरक्षणलाई प्राथमिकता दिँदै कानुन बनाएको छ । संघीय कानुनको व्यवस्थाभन्दा फरक तरिकाले जनसंख्यालाई मुख्य आधार बनाएर जात/समुदाय, वर्ग र लिंगको समानुपातिक प्रतिनिधित्व हुने प्रावधान कानुनमा राखिएको छ । 

देश देशावरमा मिथिला चित्रकला

संस्कृतका आदिकवि वाल्मीकिद्वारा लिखित वाल्मीकि रामायणको सुन्दरकाण्डमा लेखिएको छ, ‘यदि वाचं प्रदास्यामि, द्विजातिरिव संस्कृतम्रावणं मन्यमाना मां सीता भीता भविष्यति ।अवश्यमेव वक्तव्यं मानुषं वाक्यमर्थवत्मया सान्त्वयितं शक्या नान्यथेयमनिन्दिता ।।’

‘कृषि, उद्योग र धार्मिक पर्यटन प्रदेशका सामर्थ्य’

शिक्षण पेसा छाडेर राजनीतिमा लागेका लालबाबु राउत मधेस प्रदेशका पहिलो र बहालवाला मुख्यमन्त्री हुन् । आफ्नो दल जनता समाजवादी पार्टी प्रदेशमा अल्पमतमा रहे पनि अन्य दलसँग गठबन्धन गर्दै उनले सरकार हाँकेको चार वर्षभन्दा बढी भइसकेको छ । गएको वर्ष कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँग सत्तामा साझेदारी गरेपछि झन् शक्तिशाली बनेका राउतले प्रदेश नामकरण र राजधानी टुंगो लगाए ।

संघीयता संस्थागत, प्राथमिकता पहिल्याइँदै 

नेपालमा संघीयताले मूर्त रूप पाएको पाँच वर्ष पूरा भएको छ । हुन त २०६३ सालमै संघीयताले प्रवेश पाएको हो । २०६३ साल माघ २४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालले अब संघीय राज्य प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको त्यो घोषणा मधेसमा जारी जनविद्रोहलाई सम्बोधनका लागि भएको थियो । संघीयताले घोषणादेखि प्रदेशहरूको रचना र छुट्टै सरकार पाउन ११ वर्षको यात्रा तय गर्नुपर्‍यो ।