कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बर्दियाको राजापुरमा आइतबार पनि सेवा प्रवाह

कमल पन्थी

बर्दिया — बर्दियाको राजापुर नगरपालिकाको कार्यालय आइतबार पनि सञ्चालन हुने भएको छ । सोमबार कार्यपालिकाले पूर्णता पाएपछि विकास निर्माण, योजना, आर्थिक वर्ष ०७९/०८० को बजेटलगायत सेवाग्राहीलाई सुविधा दिन आइतबार कार्यालय खुला राख्ने कार्यापालिकाको बैठकले निर्णय गरेको हो ।

नयाँ आर्थिक वर्ष सुरु हुन करिब डेढ महिना बाँकी रहेकोले कामलाई तीव्रता दिन आइतबार कार्यालय सञ्चालन गर्न लागेको नगर प्रमुख दिपेश चौधरीले बताए ।

सरकारले जेठ १ गतेबाट सातामा दुई दिन कार्यालय बन्द रहने निर्णय गरेको थियो । राजापुर नगरपालिकाले भने बुधबार (जेठ १८ गते) बाट कार्यालय साविक समयअनुसार सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?