कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

तिलोत्तमाको वडा नम्बर १ कार्यालयमा तालाबन्दी

सन्जु पौडेल

तिलोत्तमा — सेवाग्राहीले तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले अत्यावश्यक कामसमेत नभएको भन्दै मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

तिलोत्तमाको वडा नम्बर १ कार्यालयमा तालाबन्दी

वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए ।

उनले आफू चौकिल्ला बनाउनका लागी शुक्रबार, सोमबार र मंगलबार गरी ३ दिनसम्म वडा कार्यालयमा पुग्दासमेत वडाध्यक्ष र कुनै पनि सदस्य उपस्थित नभएपछि काम नबनेको भन्दै फोनसमेत नउठेको बताए । ‘म जस्ता धेरै वडामा काम लिएर गएका थिए,’ उनले भने, ‘फोन उठे वडाध्यक्ष भएकै ठाउँमा गएर काम गराउँछौं, भन्दा फोन नै उठ्दैन, त्यसैले ताला लगाइदियौँ ।’

प्रकाशित : जेष्ठ १७, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?