सार्वजनिक शिक्षा सबलीकरण गर्न विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षेप हट्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिनुपर्ने विज्ञहरूले औंल्याएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा सोमबार आयोजित...
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताएका छन् । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उनले बताए ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले देशभर ५० हजार शिक्षकको माग रहे पनि सरकारले थप्न नचाहेको बताएका छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एजुकेसन समिटमा आफ्ना विचार राख्दै उनले संसद्का समितिहरूले निकालेको तथ्यांकअनुसार शिक्षक थप्नु पर्ने देखिए पनि तलब दिनुपर्ने भनेर सरकारले थप्न नचाहेको बताए ।
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले शिक्षण संस्थालाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने प्रतिबद्धता गरेपनि राजनीतिक हस्तक्षेप कायमै रहेको बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयहरूमा अहिले गरिएका कतिपय तालाबन्दी अपराधीकरणको तहमा पुगेको बताएका छन् । अपराधका रुपमा हुँदै आएका कामलाई सामान्यीकरण गर्दै जाने हो भने क्षमादान गर्दिएजस्तै हुने थापाले बताएका हुन् ।