कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

त्रिविका कामु उपकुलपति भन्छन् : विश्वविद्यालयले जागिर खोज्दै हिँड्ने कुरा भएन !

काठमाडौँ — विद्यार्थीहरूले नेपालमा पर्याप्त रोजगारी अवसर नभएकाले पनि विदेशिनु परेको बाध्यता सुनाइरहँदा त्रिभुवन विश्वविद्यालयका कायममुकायम उपकुलपति प्रा. डा. शिवलाल भुसालले यो विश्वविद्यालयको मात्रै नभएर समग्र अर्थतन्त्रमै नयाँ रोजगारी सिर्जनामा समस्या रहेको बताएका छन् ।

त्रिविका कामु उपकुलपति भन्छन् : विश्वविद्यालयले जागिर खोज्दै हिँड्ने कुरा भएन !

काठमाडौंमा मंगलबार आयोजित ‘कान्तिपुर एजुकेसन सम्मिट- २०८०’ को दोस्रो सत्र ‘नेपालमा गुणस्तरीय उच्च शिक्षा कसरी ?’ मा बोल्दै कामु उपकुलपति भुसालले विद्यार्थीहरूका रोजगारीसम्बन्धी असन्तुष्टि जायज रहे पनि यसमा विश्वविद्यालय एक्लैले समाधान गर्न नसक्ने आशय व्यक्त्त गरे ।

‘पराम्परागत शिक्षण मोडल, रोजगारी अभाव, शैक्षिक पात्रोसम्बन्धी विद्यार्थीका गुनासा सुनियो,’ उनले भने, ‘यो विश्वविद्यालयभन्दा पनि श्रम बजार, समाज र राज्यसँगै जोडिएका कुरा हुन् । विश्विविद्यालयले जागिर खोजिदिएर हिँड्ने कुरा भएन !’

शैक्षिक कार्यक्रमहरूमा विभिन्न समस्या रहेको स्विकार्दै भुसालले यसमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन् । समयमै परीक्षा हुने, नतिजा प्रकाशित हुनेजस्ता विषयबारे शैक्षिक पात्रोको माग हुने गरे पनि त्यो मात्र समाधानको उपाय नरहेको कामु उपकुलपती भुसालको अनुभव छ । ‘आईओएममा शैक्षिक पात्रो उपलब्ध छ तर त्यहाँ परीक्षा सार्न दबाब आइरहेको म सुन्दै छु,’ उनले भने, ‘हामीले सयमै नतिजता प्रकाशन गरेका उदहारण छन् तर त्यसबारे चर्चा हुँदैन । ढिलो गरिएमा गुनासा आउँछन् तथापी हामी सुधार गर्दै छौं ।’

यसअघि शिक्षक-प्रधान पठन-पाठन परिपाटी रहेकोमा हाल त्यसमा पनि परिमार्जन गरिँदै आएको उनले जानकारी दिए । शिक्षणलाई सूचना प्रविधिमैत्री बनाउनेदेखि शिक्षकलाई चार महिनाको 'प्याकेज्ड' तालिम दिएर मात्रै कक्षा कोठमा पढाउन पठाउने लगायतका प्रयास गरिएको कामु उपकुलपती भुसालको भनाइ थियो । ‘शिक्षकलाई पनि अहिले चुनौती नै छ,’ उनले भने, ‘विद्यार्थी शिक्षकभन्दा स्मार्ट भइसकेका छन् । तसर्थ हामीले शिक्षणलाई सूचना प्रविधिसँग जोड्दै लगेका छौं । शिक्षक, विश्वविद्यालय दुवैले मेहनत गरिरहेका छौं ।’

प्रकाशित : पुस १७, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?