कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

समाजवादउन्मुख शिक्षा निर्माणको अभियान विद्यालय विद्येयकबाट सुरु गर्नुपर्छ : भट्टराई 

काठमाडौँ — नेकपा (एमाले)की सांसद विद्या भट्टराइले समाजवाद उन्मुख शिक्षा निर्माण गर्ने अभियान प्रतिनिधिसभामा विचाराधीन रहेको विद्यालय शिक्षा विद्येयक, २०८० बाट नै सुरु गर्नुपर्ने बताएकी छन् । शिक्षा विधेयकलाई समाजवाद उन्मुख शिक्षा नीति निर्माणको सुरुवाती चरण गर्न एमाले प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । 

समाजवादउन्मुख शिक्षा निर्माणको अभियान विद्यालय विद्येयकबाट सुरु गर्नुपर्छ : भट्टराई 

विगतमा के भयो भन्ने भन्दा पनि अब कस्तो नीति लिने र कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रति हुनुपर्ने भट्टराईले बताइन् । शिक्षामा कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेको भन्दै उनले आफ्नो पार्टीले पनि कम्तिमा २० प्रतिशत लगानी शिक्षामा हुनुपर्ने माग राखेको बताइन् ।

अबको कानुनमा नै शिक्षामा लगानीको सुनिश्चितता गरेर जानुपर्ने अडानमा एमाले रहेको भट्टराईको भनाइ थियो । शिक्षा राज्यको दायित्व भन्दै संविधानमा स्पष्ट लेखिसकेकाले अब बन्ने कानुन संविधानलाई कार्यान्वयन गर्न बनाइने उनको भनाइ थियो ।

राजनीतिक दलले नेतृत्व निर्माणलाई जति प्रधानता दिन्छ त्यति नै शिक्षा प्रणालीलाई महत्त्व दिन नसकेको भट्टराईको भनाइ थियो । ‘सांसदको नैसर्गिक अधिकारलाई कसरी प्रयोग गर्ने भन्ने कुरा उठिरहेको सन्दर्भमा शिक्षा विधेयक संसद्मा दर्ता भएर शिक्षा, स्वास्थ्य तथा सूना प्रविधि समितिमा आइपुगिसक्यो । समितिले अब कार्ययोजना बनाएर अघि बढ्नेछ । त्यसअनुसार छलफल अघि बढाएको छ । विद्येयकले एक तह पार गरिसक्यो । सांसदहरूको सशोधन आइसक्यो,’ उनले भनिन्, ‘त्यहि अनुसार समितिले कार्यक्रम तयार बनाइसक्यो । आजको सन्दर्भम देखा परेका समस्या, ऐन नभएकै कारण खेपेका समस्या के-के हुन् भन्ने र संविधानले व्याख्या गरेको मर्मलाई संविधानको कार्यान्वयन गर्ने चरणमा जादैछौं । त्यसका लागि ऐन बनाउँदैछौं ।’

संविधानको मर्ममा टेकेर ऐन कसरी बनाउने भन्ने विषयलाई छलफलमा लक्षित गरी ऐनमा पार्टीको भूमिकाभन्दा पनि सांसदको भूमिकालाई जोड दिन सकेको खण्डमा शिक्षा ऐन राम्रो बन्ने भट्टराईको भनाइ छ ।

प्रकाशित : पुस १७, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?