कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

माधवको भनाइप्रति संकेत गर्दै दाहालले भने, 'समीकरण भत्काउने कोसिस भइरहेको छ'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण भत्काउने कोसिस भइरहेको बताएका छन् । माओवादी संसदीय दलको बैठकमा शनिबार उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइप्रति संकेत गर्दै एकीकृत समाजवादीभित्रको द्वन्द्वका कारण समीकरण भत्काउने कोसिस भइरहेको बताए ।

माधवको भनाइप्रति संकेत गर्दै दाहालले भने, 'समीकरण भत्काउने कोसिस भइरहेको छ'

यद्यपि दाहालले समीकरण दायाँबायाँ हुने संभावना नभएको दाबी गरे ।

‘एकीकृत समाजवादीभित्रको अन्तरविरोधका कारण समीकरण भत्काउने कोसिस भइरहेको छ,’ दाहालको भनाइ थियो, ‘अहिलेको अवस्थामा समीकरण दायाँबायाँ हुँदैन । अघि बढ्छ ।’ उनले प्रमुख प्रतिपक्ष कांग्रेस विभिन्न बहानामा समीकरण भत्काउने खेलमा लागेको आरोप समेत लगाएका थिए । ‘प्रतिपक्षको काम सत्ता समीकरण भत्काउने परम्पराजस्तो देखियो,’ दाहालको भनाइ थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समीकरण भत्काउन् षड्यन्त्रमा देशी-विदेशी शक्ति षड्यन्त्र भइरहेको दाबी गरेका थिए । उनले शुक्रबार नवलपुरमा एमाले अधिवेशनलाई सम्बोधन गर्दै समीकरण भत्काउन षड्यन्त्र भए पनि त्यो संभव नहुने बताएका थिए ।

एकीकृत समाजवादी अध्यक्ष नेपाल सुदूरपश्चिमको आफ्नो दलको नेतृत्वप्रति एमालेको असहयोगलगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । उनले पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति लक्षित गर्दै सत्ता समीकरणप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले आफ्नो पार्टीले चाहेमा सत्ता समीकरणमा उथलपुथल ल्याउने क्षमता भएको गत साता बताएका थिए ।

प्रकाशित : वैशाख २२, २०८१ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?