कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

बजेटमा मधेसलाई पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

सर्लाही — प्रधानमन्त्री पुष्पकमल दाहालले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा मधेसले पहिलो प्राथमिकता पाउने बताएका छन् । मानव सुचकांकमा पछाडि रहेको मधेस समृद्घिका लागि बजेट पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । 

बजेटमा मधेसलाई पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

सर्लाहीको बलरा नगरपालिका–८ गडहिया डुमरियास्थित जनता नमुना माविको नवनिर्मित भवन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योजना आयोग र अर्थ मन्त्रालयलाई मधेसको योजना अभियानको रुपमा लानु पर्ने निर्देशन दिएको बताए । ‘नीति तथा कार्यक्रममा पहिलो सम्बोधन मधेसलाई, मधेसी जनतालाई गर्नुपर्छ । बजेटले पनि अधिकतम सम्बोधन मधेसलाई नै गर्नुपर्छ भन्ने निर्देशन दिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मधेस र कर्णाली मानव सूचकांकमा पछाडि छ र समस्यामा पनि छ भनेर यी दुई क्षेत्रका लागि विशेष व्यवस्था गर्न लागेको छु, यसले यी दुई क्षेत्रको समस्या धेरै हदसम्म समाधान हुनेछ, मेरो पहिलो ध्यान मधेसतिर नै छ ।’

मधेसमा आगलागीका कारण नागरिकले निकै क्षति ब्यहोरेको भन्दै प्रधानमन्त्री दाहालले क्याबिनेटबाट आगालगी जस्ता विपद् व्यवस्थापनका लागि तत्काल जनही ५० हजार रुपैयाँ पीडितलाई दिने निर्णय भएको जानकारी दिए ।

आगलागी पुनःस्थापनाका लागि पीडितले राज्यको नीतिअनुसार जनही ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने प्रावधान रहेको बताउँदै दाहालले अग्नीपीडितको सहानुभूतिका साथ सहयोग गर्ने उद्घोष गरे । उनले नागरिकता समस्या समाधान, मिटरब्याज पीडितको न्यायका लागि आफ्ना सरकारले काम गरेको दाबी गरे । तर मधेसका केही दलाल सामन्तीहरुले आफूहरुको योजना विफल पार्न हरसम्भव प्रयास गरे पनि आफू दृढ भएर मधेसको पक्षमा उभिएको जिकिर गरे ।

विद्यालय भवन उद्घाटनमा आएका प्रधानमन्त्री दाहालले सयौंको संख्यामा पार्टी प्रवेश गराएका थिए ।


प्रकाशित : वैशाख २२, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?