कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

सिड्नी — नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

कार्यसमिति उपाध्यक्षहरुमा बाबु गौतम, गौतम लामिछाने, राजन नेपाल, आविष्कार पाण्डे, महासचिवमा प्रतीक पोखरेल, सचिवमा खिम भण्डारी, मायाप्रसाद सुवाल, अशोक ढुंगेल, कोषाध्यक्ष सुमन न्यौपाने र सहकोषाध्यक्षमा सन्तोष कँडेल चयन भएका छन् ।

सदस्यहरुमा कलम खड्का, आयुषी अधिकारी, सुदीप शर्मा, अनिष ढकाल, अनिल बिक, सुमन दाहाल, अशोक ढकाल, रामचन्द्र भट्टराई, प्रदीप राई, मनिष खनाल, तिलकप्रसाद उपाध्याय, जगदीश देवकोटा, श्याम पौडेल, कौशल उप्रेती, धर्मराज अधिकारी, जीवलाल न्यौपाने, रमेश बेल्वासे, अर्जुन पौडेल, गणेश श्रेष्ठ लगायत छन् ।

विभिन्न ७ राज्यका अधिवेशनबाट छानिएका प्रतिनिधिहरुबाट नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको हो । माओवादी केन्द्र प्रवास इन्चार्ज राम कार्कीले उद्घाटन गरेको अधिवेशन प्रविण कँडेलको अध्यक्षता र चुन्ना क्षत्रीको सञ्चालनमा भएको हो ।

सोही अवसरमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताल, प्रवास समन्वय समितिका सचिव टीपी पाठक, ओसियाना कमिटीका संयोजक शेषमणि शेर्मा र सुनिता रेग्मीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?