गोरखामा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन घाइते
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
गोरखा — चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी घाइते बनाएको लामिछानेले जानकारी दिए । ‘घरभित्र बस्नुस्, बाहिर ननिक्लनुस् भनेर प्रहरी टोलीले स्थानीयलाई सूचित गर्दै गर्दा उन्यू घारीमा लुकेको चितुवाले प्रहरीलाई पनि आक्रमण गरेछ,’ उनले भने,‘स्थानीय र प्रहरीलाई आक्रमण गरेको दुरी ७–८ सय छ ।’
प्रहरी हवल्दार रायमाझीको पिठ्युमा चिथोरेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केशरबहादुरको ढाड र अभिषेकको बायाँ तिघ्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको डिएसपी लामिछानेले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार भएका तीन जनाको अवस्था भने सामान्य छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)