कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

नारायण शर्मा

पूर्वी नवलपरासी — सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् । असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

नेपाल रोडा ढुंगा व्यवसायी संघ पूर्वी नवलपरासीका उपाध्यक्ष रिभरकुमार श्रेष्ठले क्रसर उद्योग खोल्न दिने र नवीकरण नगर्ने सरकारको रबैयाले व्यवसायी मारमा परेका बताए । 'खोल्न दिनु भनेको राजश्व तिरेर नवीकरण पनि गर्नु हो' उनले भने 'तर सरकारले नवीकरण गर्न नदिएका कारण उद्योग व्यवसाय बन्द गरेर विरोध जनाइएको हो ।' क्रसर उद्योग बन्द हुँदा यहाँको निर्माण कार्य प्रभावित भएको छ । पूर्वी नवलपरासीमा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र समेत गरेर ३ दर्जन उद्योग छन् ।

प्रकाशित : असार १७, २०८० १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?