कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दाजुको हत्या आरोपमा भाइ पक्राउ

प्रकाश बराल

बागलुङ — घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । 

ढोरपाटन नगरपालिका वडा नम्बर–६ छेन्तुङका ५० वर्षीय सतबहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय मनबहादुर कामीलाई पक्राउ गरेको हो । असार १४ गते कामीले विकको हत्या गरेका थिए । विक र कामी सहोदर दाजुभाइ हुन् ।

असार १४ गते मृत अवस्थामा विकको शव भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । ढुंगा प्रहारबाट हत्या भएको शंकामा प्रहरीले १५ गते कामीलाई पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।


प्रकाशित : असार १८, २०८० ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?