कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

लमजुङमा आगलागी हुँदा १३ वटा बाख्रा मरे

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका ९, गाम बाङ्ग्रेमा रुपबहादुर कुँवरको १३ वटा बाख्रा आगलागीमा परेर मरेका छन् । धन्सारको भुइँतलामा रहेको बाख्रा नजिकै कुँडो पकाउने क्रममा मंगलबार बिहान ४ बजेतिर सल्किएको र गोठभित्र रहेको बाख्रा मरेको प्रहरीले बताएको छ ।

लमजुङमा आगलागी हुँदा १३ वटा बाख्रा मरे

प्रहरीका अनुसार आगलागीमा परेर ६ वटा माउ बाख्रा, एउटा बोका, एउटा खसी र ३ वटा पाठापाठी मरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । आगलागीबाट धन्सार समेत जलेको छ । बाख्रा र धन्सार जल्दा ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

मध्यनेपाल नगरपालिका १० का वडाअध्यक्ष महेशकुमार पाण्डेले रुपबहादुर कुँवरपरिवार बिहानपख कुँडो बसालेर सुतेको र निदाएको समयमा हावाले आगो उडाएर धन्सारमा आगलागी भएको अनुमान गरिएको बताए । उनका अनुसार १३ वटा बाख्रा मर्नुका साथै एउटा माउ भैंसीसमेत घाइते भएको छ ।

छिमेकी सुमन ढकालका अनुसार रुपबहादुरले १४ वटा बाख्रा पाल्दै आएकोमा एउटामात्रै पाठी घाइते अवस्थामा बाँकी छ । माउ बाख्राहरू प्रायः गर्भिणी रहेको र आगलागीबाट सबै मरेको उनले बताए ।

प्रकाशित : फाल्गुन १५, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×