कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

मगर दिवसमा नवलपरासी पूर्वका तीन पालिकामा सार्वजनिक बिदा

नारायण शर्मा

नवलपरासी पूर्व — मगर दिवसका अवसरमा फागुन १५ गते  नवलपरासी पूर्वका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । गैंडाकोट, देवचुली नगरपालिका र बुलिंटार गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।

मगर दिवसमा नवलपरासी पूर्वका तीन पालिकामा सार्वजनिक बिदा

ती पालिकामा मगर समुदायको बाहुल्यता रहेको छ । ती पालिकाका प्रमुख प्रशासकिय अधिकृतद्वारा जारी सूचनामा ४२औं मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख छ । पूर्वी नवलपरासीका ८ वटा पालिकामा मगर समुदायको बसोबास बाक्लो रहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×