कावासोतीमा पहिरोले घर भत्कायो

पूर्वी नवलपरासी — कावासोती नगरपालिका वडा नम्बर–८ स्थित केशमाया विकको घर पहिरोले भत्काएको छ ।

लागतारको वर्षात्का कारण कावासोतीस्थित स्याउलीमा रहेको घरमुनिको माटो बग्दा आइतबार घर खसेको स्थानीय सालिकराम ढकालले जानकारी दिए । ढकालले भने, 'भीरमा रहेको घरमुनिको माटो बगाएपछि घर खसेको हो । मानवीय क्षति छैन ।'
जिल्ला रेडक्रसको विपद् व्यवस्थापन कोषबाट क्षतिको विवरण संकलन र क्षतिपूर्तिका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
