लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमै आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।

प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना सांसदसहति दाबी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दाबी गरेकाले सरकारले वैधानिकता गुमाएको उनीहरुको दाबी थियो ।

कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएपनि अहिले उपधारा २ बमोजिम दुई दलको सरकार बनेकाले सोही अनुसार वर्तमान सरकारले गठन भएको एकमहिनाभित्र विश्वासको मत लिन माग गरे । ‘कि सरकारले विश्वासको मत लिनुपर्यो कि छोड्नुपर्यो,’उनले भने ।

माओवादी केन्द्रका सदस्य सुदर्शन बरालले अवैधानिक रुपमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिनुबाहेक अरु विकल्प नरहेको बताए । सपथ खुवाउँदा पनि प्रदेश प्रमुखलाई बोरामा राखेर आफ्नो कार्यकक्षमा ल्याएका मुख्यमन्त्रीले नीति कार्यक्रम ल्याउने र सरकार चलाउने हैसियत नराख्ने उनको भनाइ थियो ।

प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्ता लिप्त एमालेले आफ्नो दलसमेत फुटाएर लगेको बताए । प्रदेशमा जसपाका ६ मध्ये ४ सदस्य अहिले सरकारमा सहभागी छन् ।

प्रदेशसभामा कांग्रेसका वीरबहादुर राना, माओवादी केन्द्रका इन्द्रजीत थारु, राजमोका तारा जिसी लगायतले बोल्दै सरकारको आलोचना गरेका थिए । वैधानिकता गुमाएको सरकारले संसद् छलेर अध्यादेशबाट बजेट ल्याएमा त्यसको प्रतिकार गर्ने समेत बताएका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

चाइनिज ताइपेयीलाई जित्‍ने गरी खेल्छौं : प्रशिक्षक अल्मुताइरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोटमा चाइनिज ताइपेयीको सामना गर्दा आफ्नो उद्देश्य जित हुने बताएका छन् ।

नेपालले बिहीबार छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेयीको समना गर्न लागेको हो । उनले बुधबार आयोजित भर्चुअल प्रि–कन्फ्रेन्समा कुवेतमा खेल्न दुवै टिमलाई सजिलो नहुने पनि माने ।

उनले भनेका छन्,‘कुवेतको मौसममा खेल्न नेपाल र चाइनिज ताइपेयी दुवै टिमलाई सजिलो हुने छैन । हामीले छनोटको आफ्नो समूहमा चौथो स्थानमा रहन चाहन्छौं । यसले एसिया कप छनोटको बाटो बलियो बनाउन चाहन्छौं । त्यसैले भोलिको खेलमा हामी जित्नका लागि खेल्नेछौं ।’ उनले आफ्ना युवा खेलाडीलाई संयमित भएर खेल्न पनि सुझाव दिए ।

उनले थपे, ‘यो छनोटका लागि हामीले पर्याप्त अभ्यास खेल खेल्ने अवसर पाएका छैनौं । हामीसँग युवा र प्रतिभाशाली टिम रहेको छ । हामी यो टिममाथि धेरै दबाब दिन चाहँदैनौं । चिनियाँ ताइपेयीका खेलाडी पनि नयाँ छन् र टिमका प्रशिक्षकले पनि पहिलो पल्ट जिम्मेवारी सम्हाल्दैछन् ।’ चाइनिज ताइपेयीका प्रशिक्षक भोम चान्हुमले पनि कुवेती मौसममा खेल्न गाह्रो हुने माने ।

उनले भने, ‘हाम्रा लागि सबैभन्दा ठूलो चुनौती कुवेतको मौसम रहेको छ । नेपाल सन्तुलित टिम रहेको छ । उसको आक्रमण र रक्षापंक्ति बलियो छ । हामीले नयाँ खेलाडी उतार्दैछौं, किनभने हाम्रा प्रमुख खेलाडी कोभिड महामारीका कारण टिममा आबद्ध हुन सकेनन् । नयाँ खेलाडीका लागि यो मौका पनि हो ।’

छनोटको पहिलो चरणमा नेपालले चिनियाँ ताइपेयीलाई २–० ले हराएको थियो । दुवै गोल अञ्जन विष्टले गरेका थिए । खेल जबेर अल हमद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय समय अनुसार बेलुका सात बजे (नेपाली समय राति ९:४५) हुनेछ । छनोट खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्दैछ ।

प्रकाशित : जेष्ठ १९, २०७८ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×