लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य- समाचार - कान्तिपुर समाचार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

अमृता अनमोल

बुटवल — मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । 

दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।

अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले पुन: प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् ।

विपक्षी गठबन्धनमा ४१ सांसद छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । उक्त पत्र प्रदेश प्रमुखकोमा लैजाने तयारी भएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए । सम्भवतः बुधबार नै प्रदेश प्रमुखकोमा दर्ता हुने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

तत्काल क्यू आर कोडका लागि आवेदन लिने कार्य स्थगित, अनलाइन फाराम भर्न सकिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कीर्तिपुरमा कोरोना खोप लगाएर आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन फाराम लिने कार्य स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । फाइल तस्बिरः कान्तिपुर

केहिदिन अघि मन्त्रालयले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने व्यवस्था मिलाएको थियो ।

बुधबार एक सूचना जारी गर्दै अनलाइन फारामका लागि भने https://vaccine.mohp.gov.np/public-request-form लिंकमा गएर भर्न सकिने जनाएको छ ।

प्रमाणपत्र तयार भयो कि भएन भनेर जान्नका लागि https://vaccine.mohp.gov.np/search गएर क्यू आर कोडसहितको प्रमाणपत्रको लिंक प्राप्त हुने सूचना मार्फत जानकारी गराइएको छ ।



प्रकाशित : श्रावण २७, २०७८ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×