लुम्बिनी प्रदेशले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेशले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई प्रयाप्त बजेट विनियोजन गरिएको बताए ।

बजेट सार्वजनिक गर्दै उनले डीपीआर सम्पन्न भएका अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको बताए ।

आर्थिक मन्त्री चौधरीले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको बताए ।

प्रकाशित : असार १, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा 

शिव पुरी

रौतहट — रौतहटमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको हो ।

रौतहटको चन्द्रनिगाहपुर चोक । तस्बिर : शिव पुरी/कान्तिपुर 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । जेठ ३१ गतेसम्म जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । प्रशासनले यस पटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित संचालनको अनुमति दिइएको छ ।

विद्युत्, खानेपानी, ग्यास, स्वास्थ्य, दूरसञ्चार, दूध, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका सबै निकाय र सेवालाई निषेध गरिएको छ । एम्बुलेन्स, शव वाहन, दमकललगायत पास प्राप्त सवारीलाई मात्र सचालनको अनुमति दिइएको प्रजिअ यादवले बताए । ‘विवाह, व्रतबन्ध र मृत्यु संस्कार लगायतका काममा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ,’उनले भने,‘स्वास्थ्य मापदण्ड अपनाउँदै प्रशासनले जारी गरेको निर्देशनबाहेक गर्न दिँदैनौं । संक्रमण अझै टरीसकेको छैन ।’

कोरोना महामारीको श्रृंखला रोक्न उपयोगी देखिएको भन्दै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिइएको जनायो । प्रशासनले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते रातिबाट सकिएको थियो । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ । संक्रमण रोक्न प्रशासनले पाचौ पटक निषेधाज्ञाको अवधि थपेको हो ।

संक्रमणले जिल्लामा मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७ सयबाट घटेर १ सय ४८ मा झरेको छ । १ हजार २ सय ९१ संक्रमण पुष्टि भएकोमा अहिलेसम्म १ हजार ९० जना निको भएर घर फर्कका छन् । अब संस्थागत आईसोलेसनमा ३ जनामात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : असार १, २०७८ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×