यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]- लुम्बिनी - कान्तिपुर समाचार

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

घनश्याम गौतम

रूपन्देही — स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

यादवले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ । स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमदेखि प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नतीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांस कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकता दिएको छ ।

मुख्यमन्त्रीको नामबाट सञ्चालन हुने अभियानमुखी कार्यक्रम सरकारले थप गरेको छ । यसअघि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन गरेको सरकारले आगामी वर्षमा मुख्यमन्त्री स्वच्छ खानेपानी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको ‘एक घर एक धारा’ अभियान अहिले जारी छ । सडकतर्फ पहुँच मार्ग निर्माण, जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण, एक जिल्ला एक बाली, पाल्पा, रोल्पा र प्यूठानमा हिल स्टेशन निर्माण लगायतका कार्यक्रमहरु दोहोरिएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रकाशित : जेष्ठ २५, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

जंगली च्याउ खाँदा इलाममा दुईको मृत्यु

कान्तिपुर संवाददाता

इलाम — जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जनामध्ये उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा उनीहरुको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाँदा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई, उनकी श्रीमती ३२ वर्षीय बिष्णुकुमारी राई समेत बिरामी भई बीएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ १८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×