त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर रकम असुल्दै प्राध्यापक र कर्मचारी
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित एक हजार रोपनीभन्दा बढी जग्गामध्ये करिब १८ रोपनी प्राध्यापक र कर्मचारीले गैरकानुनी रूपमा भाडामा लगाउँदै आएका छन् । बल्खु–दक्षिणकाली सडक खण्डअन्तर्गत त्रिवि मूल गेट अगाडिको बहुमूल्य जग्गा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले अनधिकृत रूपमा भाडामा लगाएर मासिक लाखौं भाडा उठाउँदै आएका हुन् ।