नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेर १ हजार ९ सय ९८.९६ अंकमा बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा यो ०.३६ प्रतिशतले कम हो । उक्त दिन कारोबारमा आएकामध्ये ७८ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ६१ वटाको घट्यो र बाँकी ५ वटाको स्थिर रह्यो ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । उक्त दिन ६४ हजार १ सय ८१ पटकको कारोबारबाट ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत मंगलबार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
प्रकाशित : वैशाख २०, २०८१ १५:५४प्रतिक्रिया