कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विद्यालयमा वृक्षारोपण अभियान सञ्चालन

मनोज पौडेल

कपिलवस्तु — नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखाले विद्यालयमा वृक्षारोपण अभियान संचालन गरेको छ । 

विद्यालयमा वृक्षारोपण अभियान सञ्चालन

विद्यालयलाई स्वच्छ सफा, हराभरा र सुन्दर वातावरणमा पठनपाठन गर्न उत्प्रेरित गर्ने उद्देश्यले सदरमुकाम तौलिहवास्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको हो । विभिन्न जातका ३० वटा बिरुवा रोपिएको थियो ।

स्वच्छ वातावरणमा अध्ययन अध्यापन गराई विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलापमा सहज बनाउन विद्यालय हातामा वृक्षारोपण गरिएको शाखा सभापति राजेश ज्ञवालीले बताए । अब नियमित रुपमा सदरमुकामका आधारभूतदेखि माविसम्मका विद्यालयमा वृक्षारोपण गर्दै जाने उनले बताए ।

वृक्षारोपणको उद्घाटन गर्दै कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले वृक्षारोपणले मानव जीवनलाई मात्र सहज नबनाई पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सहयोग पुग्ने हुँदा महत्वपूर्ण भएको बताए ।


प्रकाशित : श्रावण १२, २०८१ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×