कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बस खोज्न चुम्बक, लागेन अझै पत्तो

सिमलताल दुर्घटना
रमेशकुमार पौडेल

चितवन — सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेका दुई बस खोज्न भारतीय प्राविधिक टोलीले चुम्बक प्रयोग गरेर खोजी कार्य जारी राखेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले ४० किलोको चुम्बक प्रयोग गरेर शनिबारदेखि बस खोजी कार्य सुरु गरेको जानकारी दिए ।

बस खोज्न चुम्बक, लागेन अझै पत्तो

सिमलतालमा असार २८ बिहान गएको पहिरोमा परेर दुईवटा यात्रु बस त्रिशूली नदीमा हराइरहेका छन् । दुवै बसमा ६५ जना यात्रु थिए । जसमध्ये तीन जना सकुशल छन् । बससँगै हराएका ६२ यात्रुको खोजी भए पनि हालसम्म १९ यात्रुको शव फेला परेर आफन्तले सनाखत गरेका छन् ।

नेपाली सुरक्षा निकाय खोजी कार्यमा संलग्न भइरहेकै बेला गएको आइतबारदेखि भारतको एनडीआरएफका १२ जना प्राविधिकले पनि खोजी कार्य सुरु गरेका छन् । चार जना गोताखोरसहित आएको भारतीय टोलीले यसअघि सोनारबाट खोजी गरिरहेकामा शनिबारदेखि चम्बक प्रयोग गरेर खोजी थालेको हो ।

बस खोजी सुरु भएको शनिबार १५ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि हराइरहेका बसबारे कुनै जानकारी पत्ता लाग्न सकेको छैन ।

प्रकाशित : श्रावण १२, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×