२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९
अर्थ / वाणिज्य

Nepali Business & Economics News

पर्यटकका लागि भियतनाम–नेपाल दुइटा चार्टर उडान हुने 

सिधा उडान सम्पर्क नभएको भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् ।

पर्यटकका लागि भियतनाम–नेपाल दुइटा चार्टर उडान हुने 

धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।लामो समयदेखि रिक्त रहेकोले धितोपत्र बोर्डको अध्यक्ष्य पदमा योग्य तथा उपयुक्त व्यक्तिलाई नियुक्तिको निर्देशन दिने निर्णय भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन

माथिल्लो तामाकोशीको उत्पादन १८ घण्टा बन्द 

स्वदेशी लगानीको देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले १८ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेको छ । जलविद्युत् केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न आइतबार विहानबाट विद्युत् उत्पादन बन्द गरिएको हो ।

माथिल्लो तामाकोशीको उत्पादन १८ घण्टा बन्द 

श्रम आप्रवासन नीतिको मस्यौदा तयार

श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्न गठित विज्ञ टोलीले तयार पारेको मस्यौदा सरकारलाई बुझाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ टोलीका संयोजक गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई मस्यौदा हस्तान्तरण गरेका हुन् । 

श्रम आप्रवासन नीतिको मस्यौदा तयार

नेप्से ९४.४६ अंकले बढ्याे, पाैने २६ अर्ब रूपैयाँको काराेबार

सेयर काराेबार मापक नेप्से परिसूचक ९४.४६अंकले बढेको छ । आज ३.४१ प्रतिशतले बढेकाे नेप्से २८६०.८४ विन्दुमा सीमित भएको छ ।

नेप्से ९४.४६ अंकले बढ्याे, पाैने २६ अर्ब रूपैयाँको काराेबार

अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

कैलालीको कैलारी गाउँपालिकाका ८ सय २९ किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले ठगेका छन् । पावर टिलर (हाते ट्र्याक्टर) र सिँचाइका लागि पानी तान्न मोटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट २५ प्रतिशत रकम अग्रिम भुक्तानी भन्दै उठाएका हुन् ।

अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

एक वर्षमा १५ करोड रुपैयाँको अचार निर्यात

नेपालले एक वर्षमा १५ करोड ८ लाख रुपैयाँको अचार निर्यात गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको थियो । अचार सबैभन्दा बढी अस्ट्रेलिया, इटाली, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ । बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ र कोरियामा पनि अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

एक वर्षमा १५ करोड रुपैयाँको अचार निर्यात

इलामबाट अलैंची पुनर्रोपण अभियान

‘खोल्सीको सुन’ मानिने अलैंचीको संरक्षणसँगै उत्पादन बढाउने उद्देश्य राखेर इलामबाट पुनर्रोपण अभियान सुरु भएको छ । खासगरी भारतलगायत तेस्रो देशमा अलैंची निर्यात हुँदै आएको छ । विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाने सम्भावना देखेपछि नयाँ प्रविधिमा आधारित अलैंची पुनर्रोपण अभियान सुरु गरिएको हो । नेपाल अलैंची व्यवसायी महासंघले यसको अगुवाइ गरेको छ । 

इलामबाट अलैंची पुनर्रोपण अभियान

दुई सातादेखि सिँगटी सडक नखुल्दा उत्तरी दोलखामा यातायात ठप्प

दोलखा–सिँगटी सडक दुई सातादेखि पहिरोले अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको छ । पहिरोले क्षतिग्रस्त बनाएपछि दुई सातादेखि यातायात पूर्ण रूपमा ठप्प भएको हो । सडक सञ्चालनमा नआएपछि उत्तरी क्षेत्रका तीन गाउँपालिकाका २२ वडाका ५० हजार स्थानीयको जनजीवन प्रभावित बनेको हो । 

दुई सातादेखि सिँगटी सडक नखुल्दा उत्तरी दोलखामा यातायात ठप्प

कुल जडित विद्युत् क्षमता ३१ सय ५७ मेगावाट

मुलुकको कुल जडित विद्युत् क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणमा शुक्रबार दोस्रो कार्यकालको तीनवर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना गरी कुल जडित क्षमता ३१ सय ५७ मेगावाट पुगेको बताएका हुन् ।

कुल जडित विद्युत् क्षमता ३१ सय ५७ मेगावाट