कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन

श्रावण २७, २०८१
धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बोर्डको अध्यक्ष छिटो नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।लामो समयदेखि रिक्त रहेकोले धितोपत्र बोर्डको अध्यक्ष्य पदमा योग्य तथा उपयुक्त व्यक्तिलाई नियुक्तिको निर्देशन दिने निर्णय भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।


। पुँजीबजार संवेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न पनि समितिले सबै सरोकारवालाहरुको ध्यानकर्षण गराएको छ ।

सबै मिलेर पूँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनतर्फ संवेदनशील भएर लाग्नुपर्ने, नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कानुनी एवं अन्य सुधारका पक्ष सहितको कार्ययोजना १५ दिनभित्र समिति समक्ष पेश गर्ने लगायतबारे पनि छलपल भएको सभापति चालिसेले बताए ।

समितिको उजुरी छानबिन उपसमितिमा सांसदहरू मेटमणि चौधरी र गंगा कार्कीलाई थप गर्ने निर्णय भएको छ । रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकासमन्त्री रहेकाले नयाँ सदस्य थपिएको हो ।

प्रतिनिधि सभाबाट छलफलका लागी समितिमा पठाइएका विधेयकहरुलाई उच्च प्रथामिताका साथ क्रमश: छलफलमा लैजाने र समितिमा प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० को छलफललाई सर्वप्रथम अगाडि बढाउने निर्णय गरिएको पनि चालिसेले बताए ।



प्रकाशित : श्रावण २७, २०८१ १८:१०
×