कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेप्से ९४.४६ अंकले बढ्याे, पाैने २६ अर्ब रूपैयाँको काराेबार

श्रावण २७, २०८१
नेप्से ९४.४६ अंकले बढ्याे, पाैने २६ अर्ब रूपैयाँको काराेबार

Highlights

  • हालसम्मकै उच्च करोबार

काठमाडौँ — सेयर काराेबार मापक नेप्से परिसूचक ९४.४६अंकले बढेको छ । आज ३.४१ प्रतिशतले बढेकाे नेप्से २८६०.८४ विन्दुमा सीमित भएको छ ।

कुल ६ कराेड ३ लाख २१ हजार कित्ता सेयर किनबेच भएकाे छ । आज २५ अर्ब ७७ कराेड ९४ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । काराेबार हालसम्मकै उच्च हाे ।

कुल २२५ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घट्याे । २ कम्पनीको स्थिर रह्याे । आज सबै उपसमुहहरू बढ्याे । त्यसमध्ये जीवन बिमा ६०५.०५ अंकले बढेकाे छ भने निर्जिवन बिमा ४६२.५१ अंकले बढ्याे । लघुवित्त २३०.३५, उत्पादन तथा प्रशाेधन १४२.६४, विकास बैंक १३६.९२ र जलविद्युत् १३६.०७ अंकले बढ्याे ।

आज नेसनल हाइड्रोपावर कम्पनीसहित ९ कम्पनीकाे मूल्य १० प्रतिशतले बढ्याे ।

प्रकाशित : श्रावण २७, २०८१ १५:५९
×