कोरोना संक्रमणको जोखिम बढेसँगै सन् २०२० को सुरुआतबाट बन्द भएका चिनियाँ उत्तरी नाका अझैसम्म नखुल्दा सीमा क्षेत्रका नेपालीको व्यवसाय र स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ ।
शैलुङ पर्यटकीयस्थल मात्रै होइन, दोलखामा सबैभन्दा बढी व्यावसायिक तरकारी खेती गर्ने किसानको बसोबास रहेको क्षेत्र पनि हो । यहाँ ३ हजारभन्दा बढी परिवार तरकारी खेतीमा संलग्न छन् । आम्दानीको मुख्य स्रोत नै मौसमी तरकारी र आलु हो । शैलुङ गाउँपालिकाबाट वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको तरकारी बाहिरिन्छ । तर, वर्षौंदेखि यहाँको साझा समस्या सडकको दुरवस्था छ ।
चीनसँग सीमा जोडिएको दुर्गम बिगु गाउँपालिका–१ लप्चीकी लमु दावा शेर्पालाई गाउँमा उम्मेदवार पुगेको भए धेरै कुरा सुनाउने मन थियो । ८३ वर्षीय शेर्पालाई अहिलेसम्म लप्चीमा उम्मेदवार पुगेर भोट मागेको र जितेपछि पनि आएको थाहा छैन । आफूले भोग्न नपाए पनि तल्लो पुस्ताले परिवर्तन आत्मसात् गर्न पाउने आशामा हरेक निर्वाचनमा उनले मत दिन भने छाडेकी छैनन् ।
स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजनाको प्राविधिक निरीक्षण सुरु भएको छ । प्राविधिक निरीक्षणका लागि कम्तीमा ८ देखि १० दिनका लागि उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।
दोलखामा प्रतिनिधिसभा सदस्यका लागि २ नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी छन् । कार्की र शिवाकोटीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजयी खड्का पनि पहिलो पटक नै संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
भूकम्पले भत्काएपछि नयाँ बनाएको घरमा बस्न नपाउँदै विगु गाउँपालिका–४ खोलिखिमका रोबहादुर श्रेष्ठ पहिरोले घर पुरिएपछि शिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन्, पहिरो हेरेर एकोहोरिन्छन् । साउन २३ मा माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।
उमेरले ९५ वर्ष पुगेकी असली तामाङलाई आफ्नो कान चुँडिएको भन्दा पनि गहना लुटिएको पीरले अचेत बनायो । खाइनखाइ घरमा भएका बाख्रा,कुखुरालगायत बचेर जोडेका गहना शरीरबाटै लुटपाट भएपछि चिन्तित नहुने कुरै भएन ।
दोलखाको गौरीशंकर गाउँपालिका–३ का वडाध्यक्षमा उमेदवार बनेका दिलबहादुर बस्नेतका छोरा मृत अवस्थामा फेला परेकाछन् । मंगलबार साँझबाट सम्पर्कविहीन बनेका २४ वर्षीय यानबहादुर बस्नेत बुधबार बिहान घर शंकास्पद रूपमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका हुन् ।