नाशा हाइड्रोपावरका कामदार मृत फेला 

फाल्गुन १६, २०८१

केदार सिवाकोटी

Nasha Hydropower worker found dead

दोलखा — दोलखाको विगु गाउँपालिका-१ मा निजी क्षेत्रबाट निर्माणाधीन  नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजीन्द्र घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

हाइड्रोपावरअन्तर्गत मादी जलजला कन्स्ट्रक्सनमा कार्यरत उनी फागुन १४ गतेबाट सम्पर्कविहीन थिए । बिहीबार साँझ देउरालीनजिकै भीरबाट २ सय मिटर तल मृत अवस्थामा शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

केदार सिवाकोटी कान्तिपुरका दोलखा संवाददाता हुन् ।

Link copied successfully