२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
संसद् महासचिव नियुक्ति विवाद

संघीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

माघ २३, २०८०

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । सिफारिस भएको दुई महिना पुग्नै लाग्दा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई नियुक्त गरेका हुन् ।...

संसद् महासचिव नियुक्तिमा राष्ट्रपति-सभामुखबीच टकराव

संघीय संसद्को महासचिव नियुक्तिको विषयलाई लिएर राष्ट्रपति भवन र संसद्बीच विवाद बढेको छ । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई संसद्को महासचिवमा नियुक्तिका लागि गरिएको सिफारिसअनुसार कम्तीमा १ साता र बढीमा १५ दिनभित्र राष्ट्रपतिबाट निर्णय नभए सर्वोच्च अदालतमा रिट लिएर जाने विषयमा छलफल भइरहेको छ । 

राष्ट्रपतिले संसद् महासचिवको नियुक्ति रोक्नु अनुचित : सभामुख

सभामुख देवराज घिमिरेले संघीय संसद्काे महासचिव नियुक्तिका लागि गरिएको सिफारिस राष्ट्रपति रामचन्द्र पाैडेलले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संघीय संसद्काे महासचिवबाट भरतराज गाैतमले राजीनामा गरेपछि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरेका थिए ।

संसद् सेवा दिवस मनाउन्जेल महासचिवलाई काम गर्न दिएको भए हुन्थ्यो : उपाध्यक्ष अर्याल

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद्को महासचिवबाट भरतराज गौतमलाई राजीनामा गराइएको भन्दै असन्तुष्टि जनाएकी छन् । १७ औं संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयमा आयोजित समारोहमा बिहीबार उपाध्यक्ष अर्यालले महासचिवको राजीनामा गराइएको भन्दै असन्तुष्टि जनाएकी हुन् । 

संसद् महासचिवको राजीनामा र सिफारिसमा राष्ट्रपतिको असन्तुष्टि

संघीय संसद्को महासचिवबाट भरतराज गौतमले दिएको राजीनामा र सो पदमा प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नियुक्ति सिफारिस विवादमा परेको छ । महासचिवमा पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रक्रिया नपुर्‍याई सिफारिस गरेको भन्दै राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा राखिदिएको छ । 

राष्ट्रिय सभा चुनावअघि संसद् महासचिव हेरफेर हुँदै

संघीय संसद्का महासचिवको राजीनामा र उक्त पदमा नयाँ नियुक्तिको सिफारिस गुपचुपमा रूपमा अघि बढाइएको भन्दै संसद् सचिवालयका उच्च पदस्थ कर्मचारीले असन्तुष्टि जनाएका छन् । महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नहुँदै प्रतिनिधिसभाको सचिवमा कार्यरत पद्मप्रसाद पाण्डेयलाई उक्त पदमा सिफारिसको प्रक्रिया थालिएको भन्दै सचिवालयका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संघीय संसद् महासचिव गौतमले दिए राजीनामा, पाण्डेय सिफारिस

संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।