कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संघीय संसद् महासचिव गौतमले दिए राजीनामा, पाण्डेय सिफारिस

काठमाडौँ — संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

संघीय संसद् महासचिव गौतमले दिए राजीनामा, पाण्डेय सिफारिस

गौतमको राजीनामापछि संघीय संसद्को नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् ।

'संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै २४ मंसिर, २०८० मा राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको थियो' सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

गौतम २०७७साल वैशाख २२ देखि संसद् महासचिवको रुपमा कार्यरत थिए । उनी संसद् सेवाबाट बढुवा हुँदै सचिव भई महासचिव बनेका थिए ।

हाल सिफारिस भएका पाण्डेय गत वैशाखमा संघीय संसदको सचिव बनेका हुन् । त्यसअघि उनी नायव महान्यायाधिवक्ताको रुपमा कार्यरत थिए ।

प्रकाशित : मंसिर २५, २०८० १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×